गण्डकी प्रदेश प्रहरीलाई आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि

काठमाडाैं | कात्तिक १२, २०८१

गण्डकी प्रदेश प्रहरीलाई आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं:    आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । 


आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको हो ।

    
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका  विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । 

    
साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो । 

    
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याती तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । 

    
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार र रु ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई रु १० हजार पाँच सय ५५ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु सात हजार पाँच सय ५५ प्रदान गरिएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्